Logo

कोशी

प्रदेश १ को नाम कोसी कायम, दुई तिहाइ बहुमतले पारित


१७ फाल्गुन २०७९, बुधबार  

184
Shares

विराटनगर । प्रदेश १ को नाम कोसी कायम भएको छ । प्रदेश सभाको आज बसेको बैठकको दुई तिहाइ बहुमतबाट कोसी नाम पारित भएको हो । प्रदेशको नाम कोसी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ विपक्षमा चार मत परेको हो । यो प्रक्रियामा ६ जना सांसद अनुपस्थित थिए । कोसीको पक्षमा कांग्रेस र एमालेसमेत एकमत थिए । राप्रपाले पनि कोसीलाइ समर्थन गरेको थियो ।

यसअघि नाम संशोधनका लागि दिइएको दुई घण्टाको समयमा कमलप्रसाद जबेगु र राजेन्द्र राईले संशोधन दर्ता गरेका थिए । पहिचानको आधारमा नाम राख्नुपर्ने मागसहित प्रदेशसभामा राईले किराँत–लिम्बुवान–सगरमाथा नाम दर्ता गराएका थिए । त्यो प्रस्तावमाथि उनले संशोधन हालेका थिए । सगरमाथाको ठाउँमा राईले कोसी राखेर संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ५६ बजे