Logo

कोशी

कांग्रेस एमालेद्धार प्रदेश १ नाम कोशी प्रस्ताव


१७ फाल्गुन २०७९, बुधबार  

0
Shares

बिराटनगर । प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ । नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा कोशी नाम राख्न संसद सचिवालयमा  प्रस्ताव दर्ता भएको छ । जसअनुसार एमालेका  प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो ।

संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस्,’ प्रस्तावमा भनिएको छ।

प्रदेश सचिवालयले तोकेको समय सिमा भित्र एक मात्रै नाम प्रस्ताव भएको छ  ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  २ : २१ बजे