Logo

कोशी

प्रचण्डका ज्वाई प्रदेश १ का मन्त्री नियुक्त



विराटनग । मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाई जीवन आचार्यलाई मन्त्री नियुक्त गरेका छन ।

दोस्रो पटक मन्त्री परिषद विस्तार गर्ने क्रममा मुख्यमन्त्री कार्कीले थप तीन जना मन्त्री नियुक्त गर्दा प्रचण्डका ज्वाई आचार्यलाई पनि समेटेका हुन ।

आज भएको मन्त्री परिषद विस्तारमा दुर्गा चापागाईँ, बुद्धिकुमार राजभण्डारीलाई पनि समेटेका छन । चापागाई र आचार्य माओवादी कोटावाट मन्त्री भएका हुन भने राजभण्डारी एमाले कोटावाट मन्त्री भएका हुन । आज नियुक्त भएका सबै मन्त्री विना बिभागीय हुन, उनीहरुको जिम्मेवारी चाँडै तोकिने मुख्यमन्त्री कार्कीले जनाएका छन ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १२ : ५० बजे