Logo

कर्पोरेट

अमेरिकी डलरको भाउ घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा १ रुपैयाँ ६४ पैसाले ओरालो लागेको छ । बुधबार यसको खरिददर १३० रुपैयाँ ५६ पैसा र बिक्रीदर १३२ रुपैयाँ १६ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८ पैसामा कारोबार भएको थियो ।

रोपियन युरोमा सामान्य परिवर्तन भएको छ । यसको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीमा १४० रुपैयाँ ८८ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर ७५ रुपैयाँले घटेको छ । यसको खरिदमूल्य ९० रुपैयाँ ९ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ । यसअघि, मंगलबार खरिदमूल्य ९० रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २२ पैसामा कारोबार भएको थियो ।

साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९३ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३४ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो ।

कतारी रियालको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९९ पैसा रहेको छ । यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४९ पैसा र बिक्रीमा १० रुपैयाँ ५४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ७२ पैसा र बिक्रीमा १६ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ९० पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ९० पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १२ : १८ बजे