Logo

निर्वाचन विशेष

रूपन्देही-२ को १ बाट पूर्वमन्त्री लिला गिरी विजयी



भैरहवा । रूपन्देहीको क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेकपा एमालेका लिला गिरी विजयी भएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रीको पद सम्हालेका गिरी १७ हजार ६३२ मतसहित विजयी भएका हुन् ।

उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ७३५ मतले पराजित गरेका हुन् । केसीले  १४ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।

६३ हजार ५ सय ३ मतदाता रहेको प्रदेश सभा १ मा २ हजार २ सय ५४ मत बदर भएको छ भने ३८ हजार ५ सय २६ मत सदर भएको छ । विजयी भए पनि औपचारिक घोषणा सबै मतगणना सकिएपछि गरिने निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

निर्वाचित गिरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री दाबेदारको रुपमा चर्चामा रहेका छन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : ०७ बजे