Logo

निर्वाचन विशेष

सुनसरी-२ मा घन्टीको अग्रता कायमै



सुनसरी । सुनसरी- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ।

एमाले र सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै घन्टी चुनाव चिन्हका लालविक्रम थापा निरन्तर अघि लागिरहेका छन्।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका थापाले ४०५९ मत पाउँदा एमालेका भीमप्रसाद आचार्य ३१४७ मतसहित दोस्रो र सत्ता गठबन्धनका कांग्रेस उम्मेद्वार सिताराम महतो २१२२ मतसहित तेस्रोमा छन्।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : २१ बजे