Logo

Breaking News 1

काठमाडौं– ४ मा गगन थापा विजयी !



काठमाडौं । काठमाडौं– ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईलाई भारी मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् ।

अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । खसेको मत ४८ हजार ८५९ मत हो । अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ । यसर्थ अबको गणनामा कुनै मत नआए पनि गगन विजयी हुनेछन् ।

अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ भोट ल्याएका छन् भने एमालेका भट्टराईको १३ हजार ३२ भोट छ । यस्तै राप्रपाले ३ हजार ६ सय ९३ र लौरोको ११ सय ३३ भोट आएको छ । गगनले विजयको औपचारिक घोषणाका लागि केही समय प्रतिक्षा गर्नुपर्ने छ ।

काठमाडौं–४ गगनले निरन्तर चुनाव जित्दै आएको क्षेत्र हो । अघिल्लो चुनावमा पनि उनले एमालेका भट्टराईलाई नै हराएर विजयी भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ३३ बजे