Logo

विश्व

दक्षिण कोरियामा हिनामनोर आँधी: सात जनाको मृत्यु



सीउल । दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए ।

उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए ।

यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरुपमा डुबेको थियो ।

राष्ट्रपति युन सुक–योलले उक्त विपत्तिप्रति दु:ख व्यक्त गरेका छन् । उनले भने, ‘हिजो राती यो दु:खद घटनाका कारण म निदाउन सकिनँ ।’

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ६ : ५० बजे