Logo

विश्व

क्यानडामा छुरा प्रहार: एक संदिग्ध मृत फेला



ओटाबा । क्यानडा प्रहरीले सास्काचेवानमा आइतबार सामूहिक छुरा प्रहार गर्ने दुई संदिग्ध मध्ये एक मृत फेला परेको जनाएको छ । संदिग्ध दाजुभाइमध्ये ३१ वर्षीय डेमियन स्यान्डरसनको शव जेम्स स्मिथ क्री नेसनमा भेटिएको प्रहरीले जनाएको छ ।

आइतवार सास्काचेवानका विभिन्न स्थानमा चक्कु प्रहार हुँदा अन्य १८ जना घाइते भएका थिए । आक्रमणसँग जोडिएका घटनाबारे प्रहरीले थप अनुसन्धान गरिएको छ ।

पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । जथाभावी छुरा प्रहारपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको थियो ।

जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ८ : ३४ बजे