Logo

अर्थ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ५४ पैसा र बिक्री दर १२७ रुपैयाँ १४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ३६ पैसा र बिक्री दर १४८ रुपैयाँ ०५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५२ पैसा र बिक्री दर ३४ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ६ : ५८ बजे