Logo

कला/साहित्य

ईमेज अवाड २२औँ संस्करणको मनोनयन सार्वजनिक, मह जोडीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड



काठमाडौं । ईमेज अवार्ड २२ औँ संस्करणको मनोनयन सार्वजनिक गरिएको छ । होटल र्‍याडिसनमा शनिबार आयोजित एक समारोहमा आगामी असोज ३ गते हुने टुबोर्ग ईमेज अर्वाड अन्तर्गत १५ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । कोरोना संक्रमण कारण दुई वर्ष हुन नसकेको अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्त भित्र सार्वजनिक भएका गीत, संगित, रचना र म्युजिक भिडियो समावेश गरिएको छ । यसपपटक सर्वोत्कृष्ट नेपहप/र्‍याप प्रस्तुती विधा समावेश गरिएको छ ।

१५ वटै विधाका मनोनयनमा नेपाली सांगीतिक क्षेत्रका विज्ञहरुबाट मूल्याङ्क एवं प्राविधि मतका आधारमा प्रत्येक विधाका उत्कृष्ट पाँचको चयन गरिएको हो । १५ विधा अन्तर्गत सवोत्कृष्ट गीत, सर्वोत्कृष्ट गीत रचना, सर्वोत्कृष्ट संगीत, सर्वोत्कृष्ट गायन लोकगीत, सर्वोत्कृष्ट गायन दोहोरी रहेका छन् । यस्तै सर्वोत्कृष्ट समूह वा युगल गायन, सर्वोत्कृष्ट गायन पप पुरुष, सर्वोत्कृष्ट गायन पप महिला, सर्वोत्कृष्ट गायन पुरुष, सर्वोत्कृष्ट गायन महिला विधा पनि रहेको छ । यसैगरी सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार, सवोत्कृष्ट म्यूजिक भिडियो सम्पादक, सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक, सर्वोत्कृष्ट नेपहप/र्‍याप प्रस्तुती र पब्लिक च्यवाइस अवार्ड विधा छन् ।

मनोनयनमा परेका मध्ये एउटा विधालाई पब्लिक च्वाईसका आधारमा अवार्ड प्रदान गरिनेछ । जसका लागि शनिबार साँझ ६ बजे बाट नै ईमेजखबर डट.कम. मार्फत भोटिङ खुल्ला गरिएको छ । यो क्रम आगामी असोज २ गते राती १२ बजेसम्म कायम रहने छ ।

मनोनयन सार्वजनिक कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आर के मानन्धरले यस वर्ष वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी दिए ।

ईमेज च्यानलले नेपाली सांगितिक क्षेत्रको उत्थान, संगीतमा समर्पित संगितकर्मीको सम्मान, प्रोत्साहन एवं श्रीवृद्धिका लागि हरेक वर्ष इमेज अवार्ड गर्दै आएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : ३२ बजे