Logo

विश्व

चीनले भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने



बेइजिङ । चीनले सोमबार बेइजिङको कडा कोभिड प्रतिबन्धका कारण दुई वर्षदेखि घरमा फसेका सयौं भारतीय विद्यार्थीहरूलाई भिसा जारी गर्ने योजनाको घोषणा गरेको छ । साथै भारतीयहरूलाई व्यापार भिसा सहित विभिन्न प्रकारका यात्रा अनुमतिका योजना पनि सार्वजनिक गरेको छ ।

‘भारतीय विद्यार्थीहरूलाई हार्दिक बधाई ! तपाईंको धैर्य सार्थक साबित भयो । म साँच्चै तपाईंको उत्साह र खुशी बाँड्न सक्छु । चीनमा फेरि स्वागत छ !’ चीनको परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागका काउन्सिलर जी रोङले ट्वीट गरेकी छिन् ।

उनको ट्वीटले नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले विद्यार्थी, व्यवसायी र चीनमा काम गर्ने परिवारका लागि भिसा खोल्ने घोषणा गरेको विस्तृत घोषणालाई उद्धृत गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : २० बजे