Logo

मुख्य समाचार

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै


२४ श्रावण २०७९, मंगलबार  

253
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का तीन दिने भ्रमणका लागि जान लागेका हुन् ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भोलि बुधबार पूर्वी चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा द्विपक्षीय वार्ता हुने कार्यतालिका रहेको छ ।

वार्तामा नेपाल-चीन सीमा समस्याबारे पनि छलफल हुने बताइएको छ । यो पटकको भ्रमणमा चीनले अघि सारेको बेल्ट एन्ड रोडका बारेमा भने कुनै सम्झौता नहुने बताइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : २४ बजे