Logo

मुख्य समाचार

गठबन्धन बैठक: सिट बाँडफाँडका लागि कार्यदल बनाउने


२० श्रावण २०७९, शुक्रबार  

69
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी निर्वाचनको सिट बाँडफाँडका लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट भागबण्डा टुंग्याउनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलले भदौको दोस्रो सातासम्म भागबण्डा टुंग्याउने छ । कार्यदलमा कुन पार्टीबाट को को बस्ने भन्ने टुंगिएको छैन । पार्टीले छलफल गरेर आजै कार्यदल सदस्य टुंग्याउने छन् ।

बैठकमा आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा भने सबै शिर्ष नेताहरु सहमत भएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : १७ बजे