Logo

मुख्य समाचार

एआईजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा, नेपाल प्रहरीमा एक एआईजी पद रिक्त


२० श्रावण २०७९, शुक्रबार  

207
Shares

काठमाडौं । प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदबाट उमेर हदका कारण शुक्रबारबाट विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन्। योसँगै नेपाल प्रहरीमा एक एआईजी पद रिक्त भएको छ।

प्रहरी नियमावलीमा विद्यमान एआईजीको ५६ वर्षे उमेरहदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका हुन्। प्रहरी महानिरिक्षक (आईजी)को दाबेदारी देखाएका उनी एआईजीबाट नै घर फर्किन लागेका हुन्।

सरकारले धिरजप्रताप सिंहलाई आईजी नियुक्त गरेपछि पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। जसलाई कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासले खारेज गरेको थियो।

पोखरेलले राजीनामा बुझाए पनि स्वीकृत भएको थिएन।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : ३३ बजे