Logo

Breaking News 1

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त


१९ श्रावण २०७९, बिहिबार  

253
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । पदीय अचारण विपरितका क्रियाकलाप गरेको भन्दै उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

यसअघि ट्विनअटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएकोस साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्‍याएको, सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको जसमा अध्यक्ष आफैंले लाभ लिएको, निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको, पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा उनलाई स्पष्टीकरण सोधिएको थियो ।

अधिकारीलाई यसअघि पनि पदबाट निलम्बन गरिएको थियो। तर सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनलाई काममा फर्काएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ३ : ०८ बजे