Logo

Breaking News 1

सप्तकोसी नदिमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन आग्रह



सप्तरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो ।

सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको त्या खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् । कोसी बयारेजका ३२ वटा ढोका खोलिएको जानकारीसमेत दिएका छन् ।

पानीको सतह बढेपछि गोबरगाढामा रहेको विद्यालय नजिक कटान भएको छ। पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीयले बताएका छन् ।

पानीको सतह बढन थालेपछि हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ डलवास्थित स्परमा कटान हुने थालेको वडा अध्यक्ष कृष्णकुमार यादबले जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ३७ बजे