Logo

विश्व

ताइवान पुगिन नेन्सी पेलोसी



ताइपेय । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी चीन ताइवान पुगेकी छन् । एसिया भ्रमणका क्रममा चीनको चेतावनीबीच पेलोसी ताइवानको राजधानी ताइपेय पुगेकी हुन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ ।

चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने वाचा गरेको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् ।

ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन् । पेलोसीले बुधवार बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : ४५ बजे