Logo

मुख्य समाचार

म्याग्दीमा पहिरोले तीन घर पुर्यो, २ जनाको मृत्यु, ३ बेपत्ता


१७ श्रावण २०७९, मंगलबार  

276
Shares

काठमाडौं । म्याग्दीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका-२ रुमको तामेङमा पहिरोले तीन घर पुर्दा दुई जनाको मृत्यु भएको हो भने तीन जना बेपत्ता छन् ।

मृत्यु हुनेमा नवीन विक र राजन विक रहेका छन् । घाइते दुई जनालाई उद्वार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।

बेपत्ता हुनेहरुमा घामबहादुर विक, रोजी विक र राजु विक रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ताहरुको खोजी कार्य जारी रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : २१ बजे