काठमाडौं । म्याग्दीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका-२ रुमको तामेङमा पहिरोले तीन घर पुर्दा दुई जनाको मृत्यु भएको हो भने तीन जना बेपत्ता छन् ।
मृत्यु हुनेमा नवीन विक र राजन विक रहेका छन् । घाइते दुई जनालाई उद्वार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
बेपत्ता हुनेहरुमा घामबहादुर विक, रोजी विक र राजु विक रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ताहरुको खोजी कार्य जारी रहेको छ ।
प्रतिक्रिया