Logo

विश्व

आगो लगाएर ३२ सर्वसाधारणको हत्या, गिरोह खोजी गर्न हेलिकोप्टर तैनाथ


१६ श्रावण २०७९, सोमबार  

5.1k
Shares

मडागास्कर । घरमा आगो लगाएर कम्तिमा ३२ जना सर्वसाधारणको हत्या गर्ने आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ । प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा घरभित्र बस्न बाध्य पारेर आगो लगाइएको थियो ।

राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लामा शुक्रबार भएको हमलामा महिला र बालबालिका पनि परेका थिए । रक्षामन्त्रीले आगलागीको दोष स्थानीय रूपमा ‘दहलो’ भनेर चिनिने गाईवस्तु तस्करीलाई दोष ।

गाईवस्तु चोरी र यसलाई रोक्नको लागि भएका प्रयासले पछिल्ला वर्षहरूमा अत्यन्त हिंसक टकरावहरू निम्त्याएको छ । अन्काजोबे जिल्लाको एउटा सानो पहाडमा अवस्थित एम्बोलोताराकेली गाउँमा घर जलेपछिको पर्खाल मात्र देख्न सकिन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ४६ बजे