Logo

मुख्य समाचार

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने


१५ श्रावण २०७९, आइतबार  

2.8k
Shares

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ र १२ गते पुरक परीक्षा हुने तालिका सार्वजनिक गरेको हो ।

पुरक परीक्षा दिने विद्यार्थीले भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धीत विद्यालयमा पाँचसय बुझाएर विद्यार्थीले आवेदन दिन सक्नेछन् । बढीमा दुई विषयमा फेल भएका विद्यार्थीले पुरक परीक्षा दिन पाउँछन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ४१ बजे