Logo

मुख्य समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, अर्थमन्त्रीबारे छलफल हुने



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ ।

आजको बैठकमा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपबाट सफाई पाएका जनार्दन शर्माबारे छलफल हुने बताइएको छ ।

शर्मालाई फेरी अर्थमन्त्रालयमै फर्काउने चर्चा चलिरहेका बेलामा पार्टीमा छलफल हुने भएको हो । शर्मालाई नै फेरि पठाउने वा अन्यलाई पठाउने आजको बैठकले निर्णय गर्नेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : २३ बजे