Logo

विश्व

प्रधानमन्त्री जोनसनविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी



काठमाडौं । बेलायतको मुख्य विपक्षी लेबर पार्टीले मंगलबार प्रधानमन्त्री बोरिस जोनसनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी छ । प्रस्तावमाथि बधबार मतदान हुने अपेक्षा गरिएको छ ।

अविश्वासको प्रस्तावको अर्थ संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूले तत्कालका लागि जोनसन नेतृत्वको वर्तमान सरकारलाई नरन्तरता दिने वा नदिने भन्ने बारेमा मतदान गर्नेछन् । सरकारले विश्वास गुमाएमा चुनावमा जाने सम्भावना पनि हुन्छ ।

एक साताअघि प्रधानमन्त्रीले कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । अर्कोए नेता चयन नहुन्जेल उनी प्रधानमन्त्रीमा रहने बताउँदै आएका छन् ।

प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित काम गरेको र यौन दुर्व्यवहारका ओरोपित सांसदलाई संरक्षण गरेको भन्दै गत साता उनको मन्त्रीमन्डलका ४० भन्दा बढी मन्त्री र सहयोगीले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ०० बजे