Logo

समाचार

ब्राउन सुगरसहित युवक पक्राउ



काठमाडौं । सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सिरहा नगरपालिका-९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : ०८ बजे