Logo

Breaking News 1

उत्कर्षमा जसपा विवाद: अध्यक्ष यादव र भट्टराईले बोलाए छुट्टाछुट्टै बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बीचको बिवाद चरम उत्कर्षमा पुगेको छ ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीबाट छुट्टिएर जाने अन्तिम चरणमा रहेका छन् । यसैबीच अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले आ आफ्नो पक्षको छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।

बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने उपेन्द्र पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन्।

दुवै पक्षले पार्टीको आन्तरिक विवाद लगायत अन्य विभिन्न विषयवस्तुमा छलफल गर्ने एजेण्डा तय गरेका छन् ।

यसैबीच, बाबुराम पक्षको बैठकलाई यादव पक्षले भने अवैधानिक भएको बताएको छ । आफूहरुले बोलाएको बैठक आधिकारी भएको भन्दै अध्यक्ष यादव पक्षले भ्रममा नपर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : १४ बजे