Logo

मुख्य समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक डाकेका हुन् । बैठकमा सोमबार बस्ने केन्द्रीय समिति बैठककका एजेण्डा तय गरिने बताइएको छ ।

साथै, भ्रातृ संस्थाको विधानलाई अन्तिम रुप दिइने पनि बताइएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गत फागुन ३ गते १० वटा भातृ संस्था भंग गरेको थियो ।

पार्टीको संस्थापन इतर केन्द्रीय सदस्य डा. शेखर कोइराला समूहले केन्द्रीय समितिमा उठाउने एजेण्डाका सम्बन्धमा गत हप्ता लगातार २ दिने आफू पक्षिय भेला गरेको थियो ।

भेलाले सभापति देउवा पार्टी र सरकार सञ्चालनमा असफल भएको निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : ४४ बजे