Logo

मुख्य समाचार

तत्कालका लागि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्थगित



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको हुने भनिएको अमेरिका भ्रमण तत्कालका लागि स्थगित भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री देउवाले तत्काल अमेरिका भ्रमणमा नजाने बताएका हुन् ।

अमेरिकासँग एसपीपी संझौता नगर्ने सरकारको निर्णयका बीच पनि नयाँ नाममा सोही प्रकृतिको सम्झौता हुनसक्ने चर्चा भइरहेको बेला प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने भएको हो ।

सरकारले एसपीपी सम्झौता नगर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १ : १८ बजे