Logo

मुख्य समाचार

‘अर्थमन्त्रीको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको छ’: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताएका छन् ।

बिहीबारको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पूर्वअर्थमन्त्री शर्माले आफ्नो गल्ती छैन भन्दा भन्दै पनि राजीनामा दिएर नैतिकता देखाएको भन्दै प्रशंसा गरेका हुन् ।

‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । तर, राजीनामा गर्नुभयो,’ उनले भने,‘त्यसले नैतिकता र त्यागको सन्देश गएको छ, प्रचण्डले भने ।’

संसदमा कुरा उठेपछि प्रष्ट कुरा राखेर नैतिकता प्रदर्शन गर्दै शर्माले राजीनामाले दिएको प्रचण्डको भनाइ थियो । शर्माले राजीनामा नगरेको भए यही विषयलाई उचालेर गठबन्धनलाई नै खतरा पार्ने षड्यन्त्र भएको पनि प्रचण्डले दाबी गरे ।

आर्थिक वर्ष २०७९र०८०को बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गरराई करका दर हेरफेर गरेको आरोप लागेका शर्माले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १२ : ३६ बजे