Logo

मुख्य समाचार

माओवादी केन्द्रीय समिति बैठक सुरु, पदाधिकारीको टुंगो आजै लगाइने



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

यसअघि दुई दिन स्थगित भएको बैठक आजबाट फेरि सुरु भएको हो । आजको बैठकले १५ सदस्यीय पदाधिकारी टुंगाउने भएको छ ।

बैठकमा प्रवेश गर्नु अघि पुर्व स्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए ।

यस्तै, आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १२ : १७ बजे