Logo

मुख्य समाचार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा सुरू भएको बैठकले पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्ने बताइएको छ ।

यस्तै, बैठकले स्थानिय तहको निर्वाचनको समिक्षा देखी संघीय निर्वाचनको तयारी लगायतका बिषयमा छलफल गर्नेछ । गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनपश्चात केन्द्रीय कमिटीको घोषणा बाहेक अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।

माओवादीमा महासचिव छनौटमा विवाद देखिएको छ । महासचिवका लागि अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुनबीच टक्कर देखिएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १२ : २९ बजे