प्युठान । बर्षापछि झिमरुक नदिमा आएको बाढीले झिमरुक करीडोर बगाएको छ । बाढीले प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क क्षेत्रको करीडोर बगाएको हो ।
झिमरुकमा आएको बाढीले करिडोर छेउबाट लगिएको दम्ती सबस्टेसनमा पुर्याउने ११ केभिएको बिद्युत लाइनलाई समेत क्षेति पुर्याएको छ ।
पोल गाडिएका स्थानसम्मै नदिको बाहाव पुगेको छ । यद्यपी अझै पोलहरु ढलेका छैनन् । समयमै नदिलाई नियन्त्रणमा लिनका लागि तटबन्धन नगर्ने हो भने धेरै ठूलो क्षेति हुन सक्ने स्थानीय बताउछन ।
नदिमा पानीको बाहाव बढेका कारण टिकुरी बसपार्कमा पनि नदि पस्ने खतरा बढेको स्थानीय सालिकग्राम पण्डितले बताए ।
प्रतिक्रिया