Logo

विश्व

जब केट मिडलटन शिरदेखि पाउसम्म आर्मी गियरमा प्रकट भइन



लन्डन । बेलायतको सशस्त्र बल दिवसमा बेलायती राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडलटनले पूर्ण रुपमा सैन्य पोसाक लगाएको फोटो सेयर गरेकी छिन् ।

इस्टाग्राममा सेयर गरिएको उक्त तस्बीरमा केट मिडलटन टाउकोदेखि खुट्टाासम्म आर्मी गियरमा देखिन्छन् । एउटा सैन्य उपकरणको निरीक्षण गर्ने क्रममा उनी थोरै झुकेको देखिन्छिन् । त्यसपछि पोस्ट गरिएको अर्को तस्बीरमा उनी ट्यांकमा बसेर हेलमेट लगाएकी देखिन्छिन् । दोस्रो तस्बीरमा उनको घाँटी मात्र देखिन्छ ।

तस्बीरको क्याप्सनमा उनले लेखेकी छिन्, ‘आज सशस्त्र सेना दिवसको अवसरमा विगत र वर्तमानमा हाम्रा सबै सशस्त्र सेनामा, समुद्रमा र भूमिमा सेवा गरिरहेका बहादुर पुरुष र महिलाहरूलाई राजकुमार विलियम र म श्रद्धान्जलि दिन चाहन्छौं । हामीलाई सुरक्षित राख्नको लागि तपाईं र तपाईंका परिवारहरूले बलिदान गर्नुभएकोमा धन्यवाद । ’

उनले ब्रिटिस एकेडेमीमा सेवा गर्ने कर्मचारी र नयाँ भर्तीहरूलाई कसरी तालिम दिन्छन् भनेर हेर्नको लागि समय बिताउन पाउँदा आफूलाई गर्व लागेको बताइन् ।

‘हामी सबैको सुरक्षाको लागि सेनाले खेलेको धेरै महत्वपूर्ण र विविध भूमिकाहरू फस्ट हेन्ड देख्न पाउँदा अद्भुत थियो ’, उनले लेखेकी छिन् । केट मिडलटनका श्रीमान राजकुमार विलियम बेलायतको राजगद्दीको उत्तराधिकारीमा दोस्रो वरियताक्रममा छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : २५ बजे