Logo

मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन: रविका दाई हरिशरणले काठमाडौं-३ बाट उम्मेदवारी दिने, रवि कहाँबाट उठलान् ?



काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछानेका दाई हरिशरण लामिछानेले काठमाडौं क्षेत्र नम्बर-३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेकाहरुको टिमसँगको छलफलपछि लामिछाने काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने निश्चित भएको हो । हरिशरण पनि पुराना सञ्चारकर्मी हुन् ।

यस्तै, रवि लामिछाने पनि प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका छन् । उनले कहाँबाट उम्मेदवारी दिने भन्ने टुंगो भने लागेको छैन ।

निर्वाचन लड्नकै लागि लामिछानेले केहि दिनअघि आफू कार्यरत रहेको टेलिभिजनबाट राजीनामा दिइसकेका छन् । यसअघि उनले काठमाडौं क्षेत्र नम्बर ३ बाटै निर्वाचन लड्ने बताइए पनि उनका दाजु सो क्षेत्रबाट लड्ने भएपछि अब उनले कहाँबाट लड्छन् भन्ने चासोको विषयमा बनेको छ ।

यदी रविले पनि क्षेत्र नम्बर ३ बाटै लड्ने भएमा दाजुभाईबीच प्रतिस्पर्धा हुनेछ । रवि कुनै पार्टी प्रवेश गरेर पार्टीबाट लड्ने वा स्वतन्त्र लड्ने भन्ने परामर्शमै रहेको बताइएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ४३ बजे