Logo

मुख्य समाचार

संसदीय समितिले बोलाएको बैठकमा गएनन् प्रधानमन्त्री देउवा



काठमाडौं । आसन्न अमेरिका भ्रमण र एसपीपीबारेमा जानकारी दिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित भएका छन् ।

शुक्रबारको संसदीय समितिको बैठकले अमेरिका भ्रमणबारेमा जानकारी दिन प्रधानमन्त्रीलाई छलफलमा बोलाएको थियो ।

यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलाएर छलफल गरेको थियो। शुक्रबारको बैठकमा विवादित बन्दै गएको स्टेट पार्टनसिप प्रोगाम एसपीपीबारे छलफल भएको थियो।

प्रधानमन्त्री बैठकमा नगएपछि बैठकमै प्रधानमन्त्रीको आलोचना भएको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री बैठकमा नआएर समितिकै अपमान गरेको जिकीर गरिन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : ४९ बजे