Logo

मुख्य समाचार

सुर्खेतमा ट्रक दुर्घटना, दुई जना च्यापिए



काठमाडौं । सुर्खेतमा ट्रक दुर्घटनामा परेको छ ।

दाङबाट जाजरकोट जाँदै गरको ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक शनिबार बिहान सुर्खेतमा दुर्घटनामा परेको हो।

ट्रक सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । ट्रकमा दुई जना च्यापिएको र उनीहरुको उद्दार गर्ने प्रयास भइरहेको जनाइएको छ ।

च्यापिएकाहरु ट्रकका चालक र सहचालक हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : १६ बजे