Logo

मुख्य समाचार

धनगढी जाँदै गरेका प्रधानमन्त्री देउवा सवार हेलिकोप्टर गौतमबुद्द विमानस्थलमा अवतरण



काठमाडौं । धनगढी जाँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टर भैरहवास्थित गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

हेलिकप्टरमा इन्धन सकिएपछि गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा इन्धन भरुञ्जेल देउवाले विमानस्थलमा २० मिनेट समय विताएका थिए । उक्त समयमा देउवाले नेता कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए ।

२० मिनेटपछि इन्धन भरेर देउवा धनगढीका लागि उडेका हुन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : ४४ बजे