Logo

Breaking News 1

१ अर्ब २ करोड मूल्य बराबरको लागू औषधसहित ७ महिला पक्राउ



काठमाडौं । प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको ५१ किलो लागू औषध हेरोइनसहित सात जना विदेशी महिलालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबै अक्षिण अफ्रिकन महिलाहरु रहेका छन् । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् ।

ब्युरोका अनुसार यो लागुऔषध विरुद्धको अहिलेसम्मकै ठुलो अपरेशन हो ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ३ : ३४ बजे