Logo

मुख्य समाचार

आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई कोरोनाविरुद्वको बुस्टर डोज दिइँदै



काठमाडौं । आजबाट १२ वर्ष माथिका बालबालिकाहरुलाई कोरोनाविरुद्वको बुस्टर डोज दिइँदैछ ।

दुई डोजको खोप लगाईसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिन लागिएको हो ।

उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ ।

यस्तै, ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ८ : ४० बजे