काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लाका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्।
कर्मचारीहरूबाट संकलन गरिएको रकमबाट खरिद गरिएका राहत सामग्री नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हिमालयन लाइफले जनाएको छ।
उक्त राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्याइनेछ। विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी सामग्री खरिद गरेका हुन्।
हिमालयन लाइफका कर्मचारीहरूले विपद्का समयमा मानवीय सहायता र सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।












प्रतिक्रिया