काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ? भन्दै प्रश्न उठाएका छन् ।
आज (बिहीबार) प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथि छलफलमा बोल्दै उहाँले सरकारलाई प्रश्न गर्दै भने, ‘नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ?’ उक्त सम्झौतामार्फत नेपाल सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ ।
अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चाल्स ए फ्लिन नेपाल आइपुगेका छन् । फ्लिन भारतीय सेनाका अधिकारीहरुसँग छलफलपछि नेपाल आउन लागेको भन्दै उनले आशंका व्यक्त गरेका छन्।
इन्डो प्यासिफिकका प्रमुख जोन लिनोले समेत नेपाल भ्रमण गर्ने तय भएको, नेपाली सेनाका सेनापतिले अमेरिका भ्रमण र लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी भ्रमण गर्ने तय भएको आफूलाई सूचना प्राप्त भएको बताउँदै पोखरेलले भ्रमणहरुको उद्देश्य र एजेण्डाबारे जानकारी माग गरे।
प्रतिक्रिया