Logo

Breaking News 1

जनक शिक्षा सामग्री खारेज गरेर निजीलाई दिऔँ: सांसद नविना लामा



काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छिन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लामाले जनक शिक्षा सामग्री खारेज गरेर किताब छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी हुन् । उनले जनक शिक्षाले पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षाका उच्च व्यवस्थापकले जिम्मेवारी दिनुपर्ने बताइन् ।

“कक्षा ६ र ८ को पुस्तकको अभाव छ, किन पुस्तकको अभाव भयो, जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक पाएनन्य । यदि, छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र किन चाहियो ? सरकारले किन पैसा दिइरहने रु खारेज गरौँ ।” उनले भनिन् “यो कमजोरीको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिनुपर्दैन ? उहाँहरू जवाफदेही बन्नुपर्दैन ?,” लामाले थपिन्, “बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो ? कागजको ठेक्का लिनेले किन कागज ल्याएनन्, कारबाही गर्नुपर्छ ।”

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १२ : ३२ बजे