Logo

मुख्य समाचार

स्याङ्जाको वालिङ नगर कार्यपालिकामा गठबन्धन विजयी



काठमाडौं । स्याङ्जाको वालिङ नगर कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

नगर कार्यपालिकाको महिला, दलित वा अल्पसङ्सख्यक ८ सदस्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन टोली विजयी भएका हुन् ।

दलित तथा अल्पसंख्यकमध्ये नेपाली कांग्रेसका लोक बहादुर कुमाल, हरिलाल बिक र नेकपा माओवादीका भक्त बहादुर गोतामे विजयी भएका छन् ।

महिला सदस्यमा नेपाली कांग्रेसकी जुनु थापा, देवीमाया बिक, भगवती पाण्डे, युगमाया पंगेनी र सिता बिक कार्यपालिका सदस्यमा विजयी भएका हुन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १२ : १२ बजे