Logo

Breaking News 1

डा. केसीप्रति ज्ञवालीको कटाक्ष-नयाँ मेडिकल कलेज खोलौँ भन्दा एकजना रेडिमेट अनसनशास्त्री अनसन बसिहाल्छन्



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षा क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले प्राथमिकता नदिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि सैद्धान्तिक छलफलमा भाग लिँदै ज्ञवालीले यो कुरा बताएका हुन् ।

बजेटमा सरकारले त्रिभुवन विश्वविद्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स्’ बनाउने उल्लेख गरिएकोमा टिप्पणी गर्दै उनले शिक्षाका लागि भन्दै नेपालबाट बार्षीक अरबौँ रुपैँया बाहिरिरहेको भन्दै त्यसलाई रोक्न कुनै कार्यक्रम नल्याइएको बताएका हुन् ।

सत्तारुढ दलका भ्रातृ संगठनहरुले ६ महिनादेखि ताला लगाइएको र त्यसलाई खोल्न सरकारले कुनै पहलसमेत नगरेको आरोप लगाउँदै,’कसरी टियू सेन्टर अफ् एक्सिलेन्स् बन्छ ?’ भन्दै प्रश्न गरे । ‘नयाँ मेडिकल खोल्न खोलौँ भन्दा एकजना रेडिमेट अनसनशास्त्री हुनुहुन्छ उहाँ अनसन बसिहाल्छन् । हामी बहकिइ हाल्छौँ उनले भने ।’

बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै ज्ञवालीले साथै व्यापार घाटा पनि घटाउन नसक्ने जिकीर गरे ।

अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकी बजेट ल्याएको टिप्पणी गर्दै उनले यसअघि एमाले सरकारले ल्याएको कार्यक्रम पनि समेटिएको बताए।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ११ : ३२ बजे