Logo

मुख्य समाचार

मौसम खराबीले हेलिकप्टरमा जान नसकेपछि स्थलमार्गबाट सेना र प्रहरी जहाजको खोजीमा



काठमाडौं । सम्पर्क विहिन रहेको तारा एयरको जहाजको खोजी कार्यमा सेना र प्रहरी स्थलमार्गबाटै सम्भावित दुर्घटना आशंका गरिएको क्षेत्रमा गएकाो छ ।

हेलिकप्टर मौसम खराबीका कारण जान नसकेपछि स्थलमार्गबाटै जानु परेको बताइएको छ ।

काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्ट्याण्ड बाई रुपमा रहेकोले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिने बताइएको छ ।

तारा एयरको ‘नाइन एनएइटी’ जहाज आज विहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्क विहिन बनेको थियो । जहाजमा चालक दलका तीन सदस्य सहित २२ जना यात्रु रहेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : ४७ बजे