Logo

मुख्य समाचार

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । आज शनिबार पनि प्रतिनिधिसभा बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८र०७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ। आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।

भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नेछन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ९ : ०४ बजे