Logo

Breaking News 1

बालेनले बोकेको भारी



प्रसंग आउन सक्छ, धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ राईको चर्चा कम भयो कि ! हर्क राई त चुनाव अघि एक्लै थिए । चुनाव जितेपछि मात्र उनलाई सबैले खोजे । हाम्रो समाज नै यस्तै स्वार्थबाट निर्देशित छ । अब हर्क राई सबैका नेता भएका छन् । चुनावको बेला उनको चर्चा तुलनात्मक रुपमा कमि नै हो । अर्को अंकमा हर्क राईका बारेमा उल्लेख गरौंला । तर, अहिले देशकै राजधानीको कुरा गरौं ।

यतिबेला काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र (बालेन) साह बनेका छन् । उनको जीत युवाहरु माझ स्वभाविक लागेको छ । त्यसैले त युवावर्गमा खुशीयाली छाएको छ । राजनीति पार्टी भित्र भने बालेनको जीत अप्रत्याशित लागेको छ । उनिहरुले यो जीतमा हृदय खोलेर शुभकामना पनि दिएका छैनन् । स्वतन्त्र उम्मेदवारमा उठेका बालेन उनको जीतमा पनि स्वतन्त्र नागरिकहरुको समुह नै खुशी देखिन्छ । केहि दलका नेता, कार्यकर्ता र दल निकटका मिडिया त बालेनको जीतमा मुर्मुरिएका छन् ।

बालेनले मेयरको भारी बोक्छु भने, काठमाडौंबासीले उनलाई भारी बोकाइदिए । अब उनले यो भारी थकाई लाग्यो भनेर पाँच बर्ष बिसाउन पाउने छैनन् । उनका पाइला अगाडि बढिरहनुपर्छ । उनलाई अगाडि बढाउन उनको अघिपछि झन ठुलो भीड चाहिन्छ । जुन भीड काममा अल्झाउने होइन, अघि बढ्न उर्जा दिने खालको हुनुपर्छ ।

तर, बालेनका लागि राजनीतिमा ठुलो ढोका खुलेको छ । यो जीतले उनि महानगरको ढोका भित्र पस्ने अनुमति पाएका छन् । बालेनका लागि विश्वका धेरै व्यक्तिहरु प्रेरक बन्न सक्छन् । जस्का अनुभवबाट उनले भोली देशकै नेतृत्व गर्ने बाटो निर्माण गर्न पाठ हुन सक्छ । विश्वमा स्वतन्त्र उम्मेदवारबाट माथि उठेर मेयर हुँदै मुलुककै नेतृत्वमा पुगेका धेरै उदाहरणहरु छन् । हालका बेलायतका प्रधानमन्त्री पनि मेयरबाटै राजनीतिको उच्च पदमा पुगेका थिए ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की कलाकारबाट राजनीतिमा उदाएका थिए । ४४ बर्षिय जेलेन्स्की अहिले सार्वभौम मुलुकको रक्षा गरिररहेका छन् । ठुलो बज्रपातमा पनि उनले देशलाई जोगाइरहेका छन् । जेलेन्स्कीको अतित पनि एक क्रान्तिकारी व्यक्तिका रुपमा चित्रण गर्न सकिन्छ । उनका कमेडियन कार्यक्रमहरुलाई सरकारले प्रतिबन्ध लगाउँथ्यो । अनि उनि एक्लै बिरोध गर्थे । उनलाई सडकको बिरोधका पाइलाबाट राजनीतिमा डोर्यायो । उनि स्वतन्त्र थिए नै , तर उनले नेतृत्व गर्न एक राजनीति दल निर्माण गरे, जस्को नाम थियो, ‘जनताको सेवक दल ।’ सन २०१८ मा उनले नयाँ दल बिस्तारमा लागे । जेलन्स्कीद्धारा संचालित कुनैबेला टेलिभिजन कार्यक्रमको नामबाट नै दलको नाम चयन गरेका थिए ।

जेलन्स्की टेलिभिजन कार्यक्रममा राष्ट्रपतिको भुमिकामा देखिसकेका थिए । तर, युक्रेनी जनताले सांच्चीकै उनलाई राष्ट्रपति बनाउन चाहन्थे । पुराना दलहरुबाट वाक्क बनेका जनताले उनलाई त्यो अबसर दिए र अहिले जेलेन्स्की युक्रेनको राष्ट्रपति बनेर शक्तिराष्ट्र रुससंग एक्लै जुधिरहेका छन् ।

बालेनका लागि राजनीतिमा ठुलो ढोका खुलेको छ । यो जीतले उनि महानगरको ढोका भित्र पस्ने अनुमति पाएका छन् । बालेनका लागि विश्वका धेरै व्यक्तिहरु प्रेरक बन्न सक्छन् । जस्का अनुभवबाट उनले भोली देशकै नेतृत्व गर्ने बाटो निर्माण गर्न पाठ हुन सक्छ ।

संसारमा यस्ता उदाहरणहरु छन्, जहाँ असंभव भन्ने केहि छैन भन्ने देखाउँछ । नेपालको महोत्तरी पुख्यौली घर भएका बालेन युवा माझ आधुनिक संगित बजारमा चिनिएको नाम हो । उनी राजनीति क्षेत्रमा चिनिएका होइनन् । पाका मानिसहरुमा पनि ‘बालेन’ नाम परिचित होइन । तर, जब उनि देशको राजधानीको मेयरमा उठ्ने हल्ला बाहिर आयो, बिस्तारै उनी सबैतिर फैलिंदै गए । उनको अबको परिचय र्यापर गायक भन्दा मेयरमा बढि महत्व पाउनेछ ।

बालेनसंग भोट दिनेले मात्र होइन, उनलाई हेरिरहेका अन्य जनताले धेरै आशा गरेका छन् । काठमाडौं शहरमा परिवर्तन आयो भने हाम्रो गाउँ, शहर र बस्तीका नेताले पनि केहि सिक्थे कि भन्ने धेरैलाई आशाबादी बनाएको छ ।
हाम्रो समाज आलोचनाको भकारीले भरिएको छ । यतिबेला काठमाडौंको रैथाने बस्तीमा बालेनले काम गर्न सक्दैनन् भन्ने चर्चा छ । यस्ता चर्चा गर्नेहरुले के बुझ्नुपर्छ भने यो देशको नेतृत्व नै सुदुरपश्चिमका शेरबहादुर देउवाले गरिरहेका छन् । काठमाडौांमा रहेको राष्ट्रपति कार्यालयमा पहिलो पटक जनकपुरका रामवरण यादव बिराजमान भएका थिए । यो देशको नेतृत्वमा विपी कोइरालादेखि केपी ओली हुँदै देउवासम्म आइपुग्दा सबै उपत्यका बाहिरकै व्यक्ति थिए । त्यसैले, कुनै तुक विनाका कुरा उचालेर बालेनप्रतिको भरोसामा हामी कमि हुन दिन हुँदैन ।

बालेन साह काठमाडौंमै जन्मे हुर्के, यहाँकै चालचलन रहनसहनमा भिजे । साँच्ची नै भन्नुपर्दा उनि मधेशको संस्कृतिसंग भन्दा उपत्यकाको कणकणमा भिजिसकेका छन् । अब त उनलाई काठमाडौंका जनताले नेतामा अनुमोदन गरिदिएका छन् । यहाँका युवाहरुले जात, क्षेत्र, बर्ण, धर्मका आधारमा होइन, योग्यता क्षमताका मापनबाट नेता छान्नुपर्छ भन्ने गतिलो सन्देश दिएका छन् । बालेनको जीत दलहरुका लागि ‘तोरीका फुल देख्नेगरि दिएको चड्कन’ हो भने काठमाडौंबासीका लागि उत्कृष्ट शहर निर्माणको अवसर हो ।

बालेनका लागि विजयी जुलुशमा निस्किएको भन्दा ठुलो समुह त भोलीदेखि काम गर्ने दिनहरुमा चाहिन्छ । उनि नागरिकको शक्तिबाट काम गर्न सक्छन् । दलहरु र कर्मचारीको सिण्डिकेटले बालेनलाई तगारो तेर्साउन सक्छन् । त्यसैले, बालेनको मेयर कार्यकालभरि उनको साथमा जनताको ठुलो समुह अनिवार्य हुनुपर्छ ।

यो पंक्तिकारले लगातार एउटा बिषय उठाउँदै आएको छ, त्यो हो, ‘पहिला राजधानी बनाउ, देश आँफै बन्छ ।’ सांच्ची नै हाम्रो देशको राजधानी बिश्वमै कुरुप छ । यसको सौन्दर्यकरणमा अहिलेसम्म न सरकारले ध्यान दियो न यहाँका मेयरले । बैराग्य काठमाडौ शहर कहिल्यै शहर जस्तो भएन । यो सधैं भद्रगोल बजार बनिरह्यो ।

स्वतन्त्र उम्मेदवारको हैसियतले चुनाव जित्दै गर्दा दलहरुको साथ बालेनले कति पाउनेछन् भन्ने अर्को महत्वपूर्ण सवाल हो । यो उनको बोली र व्यवहारमा भर पर्छ । अहिलेसम्म उनले समन्वयात्मक अभिव्यक्ति दिइरहेका छन् । यो कायम राखेर स्वच्छाचारी नबनेर उनि अगाडी बढ्नुपर्छ । उनले ठुला योजना भन्दा स–साना कामहरुलाई पहिलो प्राथमिकतामा राख्न सक्नुपर्छ । यस्ता कामहरु छन्, जुन विना लगानी काठमाडौं उपत्यकालाई व्यापक सुधार गर्न सकिन्छ । ‘हर्न निषेध’ कार्यक्रमलाई पहिलो काम बनाएर जानु बालेनको प्रभावकारीता देखिन्छ । देशको राजधानी शहर कोलाहलमय छ । यसलाई शान्त बनाउन सक्नुपर्छ । उनले भनेझैं बिश्वका उत्कृष्ट शहरमा कहिं पनि हर्न बज्दैन ।

यस्ता ५० वटा बिषय छन्, जुन महानगरले नियम बसाए मात्र सुधार गर्न सकिन्छ । निवर्तमान मेयर बिद्यासुन्दर शाक्यले थोपरेको नैराश्यतालाई उनले चिर्न सक्नुपर्छ । यो कुनै जिल्लाको सदरमुकाम मात्र होइन, देशको राजधानी हो । यसको प्रभाव देशभरि फैलिन्छ भन्ने हेक्का बालेनले राख्न सक्नुपर्छ । स्थानीय तह भएपनि काठमाडौं महानगरको सोझो पहुँच केन्द्र सरकारसंग हुन्छ । बजेट र आयोजनाका सवालमा केन्द्र सरकारसंग समन्वय अनिवार्य हुन्छ । मन्त्रालय, विभाग, आयोगसंग समन्वय नगरिकन काम गर्न संभव छैन । बजार भित्रका धेरैजसो संरचनाहरु केन्द्रीय परियोजना अन्तर्गत पर्छन् । त्यसलाई प्रभावकारी रुपमा छिटो काम सम्पन्न गर्न महानगरको ताकेता महत्वपुर्ण हुन्छ । त्यसैले, बालेनका लागि यो काम केन्द्रीय जिम्मेवारीका रुपमा वहन गर्नुपर्ने हुन्छ ।

बालेनका लागि विजयी जुलुशमा निस्किएको भन्दा ठुलो समुह त भोलीदेखि काम गर्ने दिनहरुमा चाहिन्छ । उनि नागरिकको शक्तिबाट काम गर्न सक्छन् । दलहरु र कर्मचारीको सिण्डिकेटले बालेनलाई तगारो तेर्साउन सक्छन् । त्यसैले, बालेनको मेयर कार्यकालभरि उनको साथमा जनताको ठुलो समुह अनिवार्य हुनुपर्छ ।

बालेनसंग भोट दिनेले मात्र होइन, उनलाई हेरिरहेका अन्य जनताले धेरै आशा गरेका छन् । काठमाडौं शहरमा परिवर्तन आयो भने हाम्रो गाउँ, शहर र बस्तीका नेताले पनि केहि सिक्थे कि भन्ने धेरैलाई आशाबादी बनाएको छ ।

बालेनले मेयरको भारी बोक्छु भने, काठमाडौंबासीले उनलाई भारी बोकाइदिए । अब उनले यो भारी थकाई लाग्यो भनेर पाँच बर्ष बिसाउन पाउने छैनन् । उनका पाइला अगाडि बढिरहनुपर्छ । उनलाई अगाडि बढाउन उनको अघिपछि झन ठुलो भीड चाहिन्छ । जुन भीड काममा अल्झाउने होइन, अघि बढ्न उर्जा दिने खालको हुनुपर्छ ।

उनको साथमा उर्जावान उपमेयर सुनिता डंगोल हुनेछिन् । बालेनलाई बौद्धिक बर्गको साथ छ । युवाहरुको माया छ । भोट दिएका र नदिएकाहरुको आर्शिवाद छ । देशभरका जनताको माया छ । उनले पाएको यो सु–अवसरलाई पुर्ण सदुपयोग गर्न दिनरात मेयरका रुपमा खट्नुपर्नेछ । राजनीतिको अत्यास लाग्दो आकाशमा बालेनले शितल बर्षा गराउनुपर्ने हुन्छ । त्यसका लागि उनि अझ लगाव, दृढ, इमान्दार, कर्मशिल, उर्जावान र तेजिलो बन्नुपर्छ । भोलीका दिनमा बालेनले बालेको दियोले देशलाई नै उज्यालो बनाउन सकोस । धेरै धेरै शुभकामना ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ३९ बजे