Logo

मुख्य समाचार

पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्व बाजुरामा प्रदर्शन



काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्व बाजुरामा विरोध प्रदर्शन भएको छ ।

निर्वाचन आयोगले बिहीबार त्यहाँ निर्वाचनका क्रममा धाँधली भएको भन्दै पुन मतदान गर्ने निर्णय गरेको थियो । आयोगले निर्वाचन अधिकृत र प्रहरी प्रमुखलाई कारबाहीको शिफारिस गर्दै पुन मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगको निर्णयप्रति नेकपा एमाले र नेपाली कांग्रेस दुवै असन्तुष्ट रहेका छन् । बुढिगंगाका १० वडामध्ये कांग्रेसले ४ र ७ नम्बर वडाको मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप छ । यहाँ ९९ प्रतिशत मतदान भएको थियो ।

कांग्रेसले भने २,३ ५ र ९ वडाका बुथ एमालेले कब्जा गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ०८ बजे