Logo

मुख्य समाचार

रूपन्देहीस्थित आयल निगमको डिपोमा दुईवटा ट्यांकरमा आगलागी



काठमाडौं । रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोमा रहेका दुईवटा ट्यांक्रमा आगलागी भएको छ ।

तेल खन्याउने क्रममा ट्यांकरमा अचानक आगलागी भएको थियो। प्रहरीले दिएको जानकारीअनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा शुक्रबार बिहान आगलागी भएको हो ।

ट्यांकर पूर्णरुपमा क्षति भएको छ भने समयमै आगो नियन्त्रणमा आउँदा ठूलो दुर्घटना हुनबाट बचेको जनाइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : ५६ बजे