Logo

मुख्य समाचार

मत जित्न सकिनँ, नगरवासीको मन जितें : सिर्जना सिंह



काठमाडौं । नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मत जित्न नसके पनि नगरबासीको मन जितेको बताएकी छिन् । काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिँदै सिंहले यस्तो बताएकी हुन् ।

‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें,’ उनले भनिन् । लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने सिंहले प्रतिबद्धता व्यक्त गरिन्।

उनले भनिन्, ‘काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासीहरुको भावना बमोजिम कार्य गर्न पुर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।’

सिंहले निर्वाचनमा अहोरात्र सबैलाई धन्यवाद पनि दिएकी छिन् । सिंहले काठमाडौं महानगरवासी र सिंगो देशको सेवामा अनवरत उत्साहपुर्वम लागिरहने पनि बताइन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ९ : १६ बजे